Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • दैनिक १२ करोड बराबरको बिजुली निर्यात

    दैनिक १२ करोड बराबरको बिजुली निर्यात

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालबाट भारत दैनिक रु १२ करोड बराबरको बिजुली निर्यात हुने गरेको छ ।

    हाल वर्षायाममा बढी भएको ३६४ मेगावाटसम्मको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री भइरहेको छ ।



    सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युत्को औसत मूल्य नौ रुपैँया सात पैसा प्रति युनिट रहेको छ भने यो बर्षातमा अहिलेसम्मको निर्यातको औसत दर ११ रुपैँया ३८ पैसा प्रति युनिट रहेको छ ।



    आगामी आर्थिक वर्ष वर्षायाममा बढी हुने करिब रु १५ देखि रु २० अर्ब बराबरको विद्युत् निर्यात गर्न सकिने तथ्य राष्ट्रियसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेश गरिन् ।

    आगामी पाँच वर्षमा हरेक वर्ष करिब रु ७० अर्बभन्दा बढीको विद्युत् निर्यात गर्न सकिने सम्भावना रहेको भुसालको भनाइ छ ।

    विद्युत उत्पादनको क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने विद्युत निर्यातका लागि अन्तरदेशीय विद्युत व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको उनले बताइन् ।

    उनले भनिन् “विद्युत्को आन्तरिक खपत बढाएरै देश समृद्ध हुनेछ, सरकारले विद्युत् खपत कार्ययोजना बनाइ कार्यान्वयन गरिरहेको छ, जसका कारण यसवर्ष आन्तरिक विद्युत्को खपत करिब २० प्रतिशतले बढेको छ, हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ३३० युनिट रहेकोमा आगामी वर्ष उल्लेख्य मात्रामा वृद्धि गरिने छ” ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार