Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेद्वारा संसद अवरुद्ध

काठमाडौं । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको छ ।

बजेट माथिको छलफलका लागि आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेले अवरोध गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका मुख्य सचेतक दिपक निरौलाले सरकारले आफ्ना मागहरुलाई सम्बोधन गरेर सहमतिमा आउनुपर्ने बताए ।

उनले प्रमुख प्रतिपक्षलाई नै बाइपास गरेर ल्याएको बजेटको सच्याए मात्र बैठक सञ्चालन गर्न दिने बताए । सरकारले राजनीतिक सहमति र सहकार्यको वातावरण बनाएर छलफलबाट अघि बढ्नुपर्ने उनले बताए ।

प्रतिपक्षसँगको इगोले १३ जिल्लाका जनतालाई नै प्रभावित पार्ने प्रकृतिको बजेट ल्याएर प्रदेश सरकारले जनभावना माथि नै प्रहार गर्ने काम गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077