Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तुको मूल्य घटे-नघटेको यकिन गर्न बजार अनुगमन गर्ने

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएकाले अन्य वस्तु तथा सेवाको मूल्य पनि घटाउनुपर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।

उनले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु तथा सेवाको मूल्य घट्यो कि घटेन भनेर यकिन गर्न सरकारले बजार अनुगमन गर्ने बताए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले बजार अनुगमन गर्नका लागि संघीय सरकारले प्रदेश र स्थानीय सरकारहरूसँग सहयोगमा अनुगमन गर्ने बताए ।

ुपेट्रोलियम पदार्थको मूल्य घटेपछि अन्य वस्तु तथा सेवामा पनि मूल्य घट्नु आवश्यक छ । यसका लागि विषयगत मन्त्रालय र नियामक निकायहरूले आ(आफ्नो क्षेत्रबाट तथा संयुक्त रूपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ,ु उनले भने, ुयो अनुगमन कार्यमा दुवै सदनका माननीय सदस्यज्यूहरू, सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरू, निजी क्षेत्र, नागरिक समाज र मिडियाको सक्रिय र सकारात्मक सहयोगको समेत अपेक्षा सरकारले गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077