Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेट्रोलियम पदार्थसँगै उपभोग्य वस्तुको मूल्य नघटाए कारबाही गर्ने उद्योगमन्त्री बडू चेतावनी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै उपभोग्य वस्तुको मूल्य पनि घट्ने बताएका छन्।

संसदको बैठकमा बोल्दै उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै कहाँ कहाँ घटाउनुपर्ने हुन्छ घटाउन निर्देशन दिएका हुन्।

उनले आयल निगमलाई संस्थागत रुपमा सुधार गर्ने सरकारको योजना रहेको बताए। उद्योग मन्त्री बडूले भने, ‘वायो डिजेल नेपालमै पनि उत्पादन हुन सक्ने सम्भावना छ। त्यसको लागि सरकारले अध्ययन गरिरहेको छ।

पेट्रोलियम पदार्थको मूल्य धेरै बढ्ने र घट्ने अवस्थामा धेरै घट्दैन। किनभने यो हाम्रो नियन्त्रणमा नरहेको अवस्था छ। सर्वसाधारणलाई सहुलियत दरमा एलपी ग्याँस उपलब्ध गराउने सरकारको योजना छ। त्यहीअनुसार कार्यदलले आफ्नो अन्तिम रिपोर्ट दिँदैछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077