Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बंगलादेशले बनायो आफ्नै लगानीमा ‘राष्ट्रिय गौरव’को पुल

    बंगलादेशले बनायो आफ्नै लगानीमा ‘राष्ट्रिय गौरव’को पुल

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 912
    SHARES

    एजेन्सी । बंगलादेशले लामो समयदेखि प्रतिक्षित पद्मा (ब्रिज पुल )आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको छ । तल रेल र माथि गाडी गुड्ने गरी बनाइएको सो पुलको शनिबार प्रधानमन्त्री शेख हसिनाले उदघाटन गरिन् ।

    यो पुल बंगलादेशकै सबैभन्दा लामो पुल हो । ६.१५ किलोमिटर लामो यो पुल चार लेनको छ । गाडी चार लेनमा गुड्ने भए पनि रेल भने सिंगल ट्रयाकको हो । यो पुलले दक्षिण पश्चिमका २१ जिल्लालाई राजधानी ढाकासँग जोड्दछ । पुलको लागत ३.६ बिलियन डलरमा निर्माण गरिएको छ ।



    कतिपयले पूर्णरुपमा स्वदेशी लगानीमा बहुउद्देश्यीय यो पुल निर्माण गर्न बंगलादेश सफल हुनेमा शंका गरेका थिए । तर बंगलादेश स्वदेशी लगानीमै पुल निर्माण गर्न सफल भएको छ ।



    राष्ट्रिय गौरवको यो पुल उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुल निर्माणमा संलग्नहरुप्रति आभार व्यक्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार