Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन बाहिर पनि सहकार्यका लागि विकल्प खोज्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन बाहेकका दलसँग पनि सहकार्य खुला गर्ने भएको छ ।

शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकले पाँच दलीय गठबन्धनसँग सहकार्य जारी नै राख्ने तर शरण नपर्ने निर्णय गरेको हो ।

प्रवक्ता जगन्नाथ खतिवडाले बैठकपछि पत्रकारहरूलाई निर्णय सुनाउँदै देशभक्ति र वामपन्थीहरुको बीचमा व्यापक सहकार्यको सम्भावना रहेको जानकारी दिए ।

यसबारेमा पनि बहस छलफल गर्न, सबै राजनीतिक दलहरुसँग, व्यक्ति व्यक्तिसँग, समूह समूहसँग भेट्न तयार रहेको पनि उनले बताए ।

'पाँच दलीय गठबन्धनलाई हामीले उच्च प्राथमिकता दिएका छौँ। हामी सबैसँग सहकार्य गर्छौँ तर कसैको शरण पर्दैनौँ। सहकार्य गर्न हामी खुला छौँ। यो कुरालाई आज हामीले बढी जोड गरेका छौँ। सबै दलहरुसँग छलफल खुला गर्ने छौँ। पाँच दलीय गठबन्धन हाम्रो प्राथमिकता हो। तर पाँच दलभन्दा बाहिर अरु दलसँग पनि खुला छलफल गर्नेछौँ भन्ने विषयमा हामी प्रष्ट छौँ', उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077