Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीका ४ मन्त्रीले गरे केन्द्रीय कमिटी बैठक बहिस्कार

काठमाडौं । एकीकृत समाजवादीका ४ मन्त्रीले केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका छन् । शनिबार दिउँसो बसेको बैठकमा ४ मन्त्रीहरुले बैठक बहिस्कार गरेका हुन् ।

एकीकृत समाजवादीले सरकारबाट फिर्ता बोलाउने भएसँगै असन्तुष्ट बनेका ४ मन्त्रीहरुले बैठकमा अनुपस्थित भएका हुन् ।

जसमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री रहेका छन् ।

विभिन्न एजेण्डामा छलफल गर्न एसको केन्द्रीय कमिटी बैठक आज दिउँसो १२ बजेबाट कार्की ब्यांकेटमा दिउँसो १२ बजेबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077