काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा देखा परेको हैजा रोगको नियन्त्रणमा लाग्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।
सम्बन्धित निकायका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरूबाट हैजा रोगको संक्रमणबारे जानकारी दिँदै सम्भावित महामारी फैलिन नदिनका लागि सबै सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
गृहमन्त्री खाँणले त्यसको रोकथाम र उपचारको पूर्वतयारीका बारेमा समेत जानकारी लिएका छन् । मन्त्री खाँणले उपत्यकामा खानेपानीको अवस्था, त्यसको परीक्षण भए-नभएको र सम्भावित संक्रमणबाट बच्न भइरहेका गतिविधि र संक्रमित बिरामीहरूको अवस्थाबारे जिज्ञासा राखेका थिए ।
हाल काठमाडौं उपत्यकाको बागबजार, डिल्लीबजार, सानेपा लगायत क्षेत्रमै हैजाको संक्रमण देखा परेको छ ।
Leave a Reply