Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीभित्र बहस र विवाद हुन्छ भनेर आत्तिनुपर्ने अवस्था छैन : माधवकुमार नेपाल

काठमाडौं । माधवकुमार नेपालले पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा विवाद हुन्छ भनेर कतिपय तर्किने गरेको सुन्नमा आएको समेत बताएका हुन्।

उनले भने, ‘अहिले हामी पार्टीको चौथो बैठक बसिरहेका छौँ। पार्टी विधानलाई ध्यानमा राखेर अगाडि बढेका छौँ। बैठकमा बस्दा विषयवस्तुमा छलफल गर्दा बहस विवाद हुन्छ। तर्क वितर्क हुन्छ। आत्तिनुपर्ने छैन। विवाद हुन्छ भन्ने कतिपय तर्किने गरेको सुन्नमा आएको छ। बैठक भनेको झ्याउ हो भनेर टार्ने गरेको विभिन्न स्तरमा रहेको सुन्नमा आएको छ। बैठक छल्नुपर्दैन।’

आफ्नो आफ्नो प्रदेश, जिल्ला, पालिका वडा तहसम्म निर्माण गरेको कमिटी र संगठन चलायमान बनाउन निर्देशन समेत दिए। कम्युनिष्ट पार्टीमा आलोचना र आत्मालोचना पद्धति स्थापित भएको समेत बताए। एमालेबाट विद्रोह गरेर आयोगबाट वैधानिकता हासिल गरेर सबै गतिविधिलाई अगाडि बढ्दा छोटो समयमा राम्रो उपलब्धि प्राप्त गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077