Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय दलको बैठक बोलाउन माग गर्ने एकीकृत समाजवादीका ६ सांसदले गरे हस्ताक्षर फिर्ता

काठमाडौं । संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने नेकपा एकीकृत समाजवादी ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् ।

संसदीय दलको बैठक माग गर्दै अध्यक्ष माधवकुमार नेपालसमक्ष लिखित निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु बाहेकका सांसदले हस्ताक्षर फिर्ता गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका थिए ।

सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरा जैरुले पनि हस्ताक्षर गरेका थिए। ध्यानाकर्षणपत्रमा मन्त्रीहरूलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै गुनासो गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077