Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनालको चेतावनी - पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरे परिणाम राम्रो हुँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।

पोलिटब्युरो बैठकपछि प्रतिक्रिया दिँदै उनले पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गरेर मन्त्री हेरफेर गर्नुपर्ने बताए ।

‘मन्त्री फेर्ने विषयमा पार्टी सचिवालयले निर्णय गरी सकेको छ । त्यसलाई पार्टी स्थायी कमिटीले अनुमोदन गरिसक्यो । आज पोलिटब्युरो त्यस विषयमा केही गरेन । केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ’ खनालले भने, ‘पार्टीको निर्णय नमान्ने नेता कार्यकर्ता वा मन्त्री कोही हुन सक्दैन । त्यसका विरुद्ध पार्टीले आवश्यक कदम चाल्छ । कारवाही गर्छ ।’

तर, अहिलेको मन्त्री हेरफेर गर्ने परिस्थिति पार्टीका लागि चुनौतिपूर्ण बन्न पुगेको खनालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077