Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वतन्त्रहरूलाई जोड्न स्वतन्त्र पार्टी गठन गरेका हौँ , स्वतन्त्रका विरुद्ध हामी छैनौँ : रवि लामिछाने

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले पार्टीको नामका विषयमा उत्पन्न विवादका विषयमा पहिलो पटक प्रष्टीकरण दिएका छन् ।

आज आयोजित पार्टीको पत्रकार सम्मेलन उनले स्वतन्त्र उम्मेदवारहरूको विरुद्धमा आफ्नो पार्टी नउत्रिएको बताए । रविले भने, ‘हामीले स्वतन्त्र रूपमा उठ्नुभएका वा उठ्न चाहेकाहरुलार्ई पनि समेट्ने सोच राखेर पार्टी गठन गरेका हौँ । स्वतन्त्रका विरुद्ध हामी छैनौँ ।’

उनले योग्य स्वतन्त्र उम्मेदवार उठेको क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवार नउठाउने विषयमा सोच्न सक्ने बताए । साथै, आफ्नो पार्टीको चुनाव चिन्हबाट स्वतन्त्र उठ्न चाहेमा त्यो सुविधा पनि दिइने उल्लेख गरे ।

लामिछानेले स्वतन्त्र नाम अनुचित नरहेको भन्दै अन्य देशका उदाहरण पनि दिएका थिए । विभिन्न देशमा ‘इन्डिपेन्डेन्ट’ नाम जोडेर पार्टी गठन गरिएको उनको भनाइ छ । यद्यपि, निर्वाचन आयोगले अनुमति नदिएको खण्डमा आफूहरू विकल्प खोज्न बाध्य हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077