Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आमाको नाममा नागरिकता दिन कञ्जुस्याई गर्नु नहुने सांसद आलेको भनाई

    आमाको नाममा नागरिकता दिन कञ्जुस्याई गर्नु नहुने सांसद आलेको भनाई

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कञ्जुस्याई गर्नु नहुने बताएका छन् ।

    शुक्रवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद मगरले कुनैपनि नागरिकलाई राज्यबिहीन र नागरिकताबिहीन बनाउन नमिल्ने भन्दै आमाको नाममा नागरिकता दिन कन्जुस्याँई गर्नु नहुने बताएका हुन् ।



    उनले पुरुषवादी र पितृसत्तावादी समाज रहेको उल्लेख गर्दै पुरुषवादी चिन्तनकाबिरुद्ध लड्नुपर्ने आवश्यकता रहेको बताए ।



    चालु संसद अधिवेशनमा नै नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘नागरिकताको समस्या समाधान गरियोस् । विधेयकलाई सदनमा यसैपटक ल्याएर यसलाई पास गरियोस् र सहमतिका आधारमा अगाडी बढाइयोस् । किनभने नागरिकता भन्नेकुरा धेरै संवेदनशील र गम्भिर कुरा हुन्छ । महत्वपूर्ण कुरा हुन्छ । कुनैपनि नागरिक राज्यबिहीन, नागरिकताबिहीन रहन सक्दैन । धेरै समस्या उसले झेल्नुपर्ने हुन्छ ।

    उनले थपे यो नागरिकता विधेयक ल्याइयोस् । आमाको नाममा नागरिकता दिने कुरा म पनि जोडदार रुपमा समर्थन गर्न चाहन्छु । यो समाज पुरुषप्रधान समाज हो । पुरुषवादी, पितृसत्तावादी समाज हो । त्यसकारणले उसले बुबाको नाममा नागरिकता दिन कुनै कन्जुस्याँई हुँदैन तर आमाको नाममा नागरिकता दिन उसले कन्जुस्याँई गर्छ । त्यसकारणले यो पुरुषवादी चिन्तनका बिरुद्ध तपाईहरु लड्नुस् म पनि तपाईंहरुको साथमा छु भन्ने कुरा राख्न चाहन्छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार