Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • एकीकृत समाजवादीमा पहिरो जाने संकेत , चार मन्त्रीसहित १० सांसदले मागे संसदीय दलको बैठक

    एकीकृत समाजवादीमा पहिरो जाने संकेत , चार मन्त्रीसहित १० सांसदले मागे संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधव कुमार नेपालविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । हाल सरकारमा रहेका ४ मन्त्रीसहित १० सांसदले बजेट अधिवेशन चलिरहेका बेला मन्त्रिमण्डलमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको हेरफेर सही मान्न नसकिने भन्दै उनीहरुले नेतृत्वविरुद्ध मोर्चाबन्दी गरेका हुन् ।

    पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् ।  नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदहरुले मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।



    आठ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ र ६ जना सांसदको हस्ताक्षर छ । अध्यक्ष माधव कुमार नेपालले यसअघि नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाएका थिए ।



    तर बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरुले जवाफ दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेरको गृहकार्य स्थगित गरिएको थियो । बजेट पारित भइसकेपछि फेरि पनि अध्यक्ष नेपालले मन्त्री हेरफेरको गर्नुपर्ने बताएपछि एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु रुष्ट छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार