Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेट्रोलियम पदार्थमा २६ रुपैयाँ कर छुट दिन सरकारलाई शेखर कोइरालाको आग्रह

काठमाडौं । पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर छुट गर्न नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार संग आग्रह गरेका छन् ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पुर्वाधार कर १०, सडक मर्मत कर ४ र भंसार र प्रज्ञापन शुल्क २५.२३ को आधा १२.६२ गरि जम्मा २६.६२ प्रति लिटर नलिने निर्णय गर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक संजाल फेसबुकमा जनतालाई महंगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदासम्म प्रतिलिटर २६.६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा चौतफी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077