Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जनतालाई महँगीको चपेटाबाट बचाउन इन्धनमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाऊ : कोइराला

    जनतालाई महँगीको चपेटाबाट बचाउन इन्धनमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाऊ : कोइराला

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने कर तत्कालका लागि हटाउनु पर्ने सुझाव दिएका छन् ।

    शुक्रवार सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले कर हटाउनु पर्ने बताएका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म सरकारले कर लिन नहुने उनको भनाइ छ ।



    उनले लेखेका छन् ‘जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पुर्वाधार कर रु१०, सडक मर्मत कर रु४ र भंसार र प्रज्ञापन शुल्क रु२५.२३ को आधा रु१२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघटदा सम्म नलिने निर्णय गरोस ।’



    आइतवार निगमले पेट्रोलमा २१ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ प्रतिलिटर मूल्य वृद्धि गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार