Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाललाई जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्।

असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् ।

२१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077