Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरको बजेट करिब २५ अर्बको हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ। गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ। देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन लागेको हो। कानुनमा व्यवस्था भएअनुसार आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै छन्।

उपमेयर सुनिता डंगोलले महानगपालिकाको परिषद्को बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। कुल २५ अर्बमध्ये २३ अर्ब रुपियाँ कामपाको सञ्चित कोषमार्फत् खर्च हुनेछ।

'कुल बजेटमध्ये सामाजिक सुरक्षाभत्ता नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरू र आयोजनाको खर्च महानगरको बजेटमा सार्वजनिक भए पनि तोकिएको शीर्षकमा मात्र खर्च हुनेछ। त्यसैले कामपाले खर्च गर्न पाउने रकम करिब २३ अर्ब रहनेछु ,' कामपा स्रोतले भन्यो।

मेयर बालेन्द्र साह, उपमेयर डंगोल, राजस्व विभागमा निर्देशक डा. शिवराज अधिकारी, लेखा विभागका निर्देशक बुद्ध मानन्धरलगायत टिमले बजेट तयार गरिरहेको छ। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077