Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौ महानगरको २५ अर्ब बजेट ल्याउने तयारी, स्वास्थ्य र शिक्षामा प्राथमिकता

काठमाडौं । काठमाडौ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ ।

कामपाले चालु आर्थिक वर्षमा रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो ।

आगामी वर्षका लागि चालुको भन्दा रु सात अर्ब बढीको बजेट ल्याउन लागेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। आगामी वर्षको बजेटले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने पनि उनले बताइन् ।

चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ ।

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो । चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ रु ५५ करोड, सामाजिक विकासतर्फ रु दुई अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ रु १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु एक अर्ब १५ करोड विनियोजन गरिएको थियो ।

आगामी वर्षका लागि कामपाले शुक्रबार बजेट ल्याउने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुसार असार १० गते स्थानीय तहले आगामी आवका लागि बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077