Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन्।

बिहीबार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन्।

उनले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाए। उनले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताए।

उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077