Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुढानिलकण्ठमा निर्माणाधीन घरमा एक महिलाको हत्या

काठमाडौं । निर्माणाधीन घरमा एकजना महिलाको हत्या भएको छ । बुढानिलकण्ठ–३ घर भएकी ४० वर्षीय फुलमाया सुनारको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बुधवार मध्यान्ह भंगालमा निर्माणाधीन घरमा फुलमायाको शव फेला परेको थियो । प्रहरीले हत्या आरोपमा बाग्लुङ घर भएका लक्ष्मीनारायण केसीलाई पक्राउ गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका केसी सो निर्माणाधीन घरको चौकीदार हुन् । मृतकको भित्री कपडा च्यातिएको र घटनास्थलबाट ढाटा फालेको अवस्थामा भेटिएको छ । फुलमायाको शव निर्माणाधीन घरको भुइँतलामा भेटिएको हो ।

सो घरको माथिल्लो तलामा आरोपी बस्दै आएका थिए । मृतक केही दिनअघि काम खोज्दै सो भवनमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077