Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरले भन्यो - साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ ।

बिहीबार एक सुचना जारी गर्दै महानगरले साउन १ गतेदेखि महानरवासीलाई फोहोर वर्गीकरण गर्न आग्रह गरेको हो । यदि सो नगरिएको पाइएमा प्रत्येक पटक पाँच सय रुपैयाँ जरिबाना तिराउने महानगरले चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको छ ।

उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने दिन कुहिने फोहोर मात्रै संकलन गर्ने र नकुहिने फोहोर संकन गर्न आउने दिन नकुहिने फोहोर मात्रै संकलन गर्ने महानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077