Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछानेले निर्वाचन आयोगमा दर्ता गराएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।

लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए । ‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो । स्वतन्त्र उम्मेदवारी अभियान डम्बर साहुले ध्यानाकर्षण गराउँदै ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरिएको छ ।

‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ’ निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्बोधन गर्दै उजुरी दिइएको पत्रमा भनिएको छ ।'

लामिछानेले ‘स्वतन्त्र’ शब्द जोडेर पार्टीको नाम घोषणा गरेपछि पक्ष र विपक्षमा बहस भइरहेको छ । लामिछानेले पार्टीको चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077