Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

होस्टेलमा मृत भेटिइन् १७ वर्षीया युवती

रोल्पा । रोल्पामा एक किशोरी मृत फेला परेकी छिन् । रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सञ्चालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन सदरमुकाम लिवाङ आएकी र उनी सोही कार्यालयको रोल्पास्थित होस्टेलमा बसेकी थिइन्।

उनी सुतेको कोठामा सर्प देखिएको र सर्पले टोकेको जस्तो घाउ पनि देखिएकाले सर्पले टोकेको हुन सक्ने आशंका प्रहरीको छ । शव पोस्टमर्टमका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताएका छन्।

भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पनि पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077