Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टोखामा चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा खगेन्द्र पक्राउ

काठमाडौं । टोखा नगरपालिका–१ मालुङमा चिर्पट प्रहारबाट हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । हत्या आरोपमा पाँचथरको पाटिगाउँ गाउँपालिका–१ का ४० वर्षीय खगेन्द्र लिम्बूलाई पक्राउ गरिएको हो ।

जेठ ४ गते मालुङस्थित निर्माणाधीन घरको कम्पाउण्डभित्र पाँचथरको याङ्वारख गाउँपालिका–२ का २२ वर्षीय दीपेन लिम्बुको हत्या भएको थियो । उनी सो घर निर्माणको काम गर्दै आएका थिए ।

खगेन्द्र र दीपेनबीच विवाद हुँदा खगेन्द्रले काठको चिर्पटले हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद अनुमति लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077