Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साथीलाई भेट्न घरबाट निस्किएका एक युवक बेपत्ता

विराटनगर । शुक्रबार साथीलाई भेट्न घरबाट निस्किएका एक युवक बेपत्ता भएका छन् । सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् ।

युवकको खोजी गर्ने क्रममा प्रहरीले उनका तीन जना साथीलाई पक्रेको छ । प्रहरी नियन्त्रणमा रहेका युवकहरुले अफरोजको हत्या गरी शव बूढीखोलामा फालेको बयान दिएका छन् ।

बयानका आधारमा प्रहरीले बूढीखोला आसपास युवकको खोजी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार आइतबार राति खोलामा खोजी गर्ने क्रममा कपडा भेटिएको थियो ।

सोमबार प्रहरीले शंकास्पद स्थानहरुमा डोजर प्रयोग गरेर खोजी गरेको थियो । तर बेपत्ता युवक अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077