Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • शेयर बजारमा पहिरो, १८ सयको बिन्दुमा नेप्से

    शेयर बजारमा पहिरो, १८ सयको बिन्दुमा नेप्से

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजारमा नकरात्मक पहिरो गएको छ । दिनौं ओरालो लागेको शेयर बजार आज १८०० को बिन्दुमा झरेको हो ।

    आज नेपाल स्टक एक्सेञ्च ९नेप्से० परिसुचक ४९.३१ अंकले घटेर १८८४.८१ को बिन्दुमा झरेको छ ।



    आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।



    पछिल्लो समय नेप्सेमा गिरावट आएसँगै कारोबार रकम समेत घट्दै गइरहेको छ । आज पनि शेयरबजारमा एक अर्बको मात्रै कारोबार हुन पुगेको छ ।

    सो रकम बराबरको कारोबार हुृँदा सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

    नेप्से घटेपनि यस दिन दुई स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार