Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ ।

    यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।



    यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ र नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको छ ।



    बढेको मूल्य आइतबार राति १२ बजेदेखि नै लागू भएको छ ।

    पछिल्लो १५ दिनमा मात्र निगमलाई करिब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा भएको जनाइएको छ । असार २ गते इन्डियन आयल कर्पोरेसनले तेलको बढेको मूल्य पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार