Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एसपीपी फिर्ता लिने नलिने विषयमा गठबन्धनभित्र छलफल नभएको अध्यक्ष नेपालको भनाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) को विषय फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र विस्तृतरुपमा छलफल नभएको बताएका छन् ।

काठमाडौंमा आइतबार पत्रकारहरुसँगको अन्तक्रियामा उनले एसपीपी फिर्ता लिने वा नलिने भन्ने विषयमा डिटेलमा छलफल भइनसकेको बताए ।

एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र डिटेलमा छलफल भएको छैन । चिठ्ठी पठाउने भन्ने विषय पनि आएको छ । सेनाको प्रमुखले विदेशी कूटनीतिक नियोगलाई पत्र लेखेको विषय पनि छ । यसको निर्णय प्रक्रियामा को को रहेका छन् भन्ने विषयमा कस कसको मूल्यांकन गर्ने विषय पनि रहेको छ उनले भने ।

प्रधानमन्त्री देउवाले राष्ट्रहित विपरीत हुने गरी कुनै पनि सम्झौता आफूबाट नहुने जानकारी गराएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077