Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • शेयर बजारको ओरालो यात्रा कायमै, १९३४ अंकमा झर्यो नेप्से

    शेयर बजारको ओरालो यात्रा कायमै, १९३४ अंकमा झर्यो नेप्से

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबारको दिन (आइतबार) पनि शेयर बजार ओरालो लागेको छ ।

    लगातार ओरालो लाग्दै २००० बिन्दुबाट तल झरेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ ।



    आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।



    सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १० करोड २९ लाख ८९ हजार ७६१ रुपैयाँको कारोबार भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार