Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि बोलाइने

काठमाडौं । संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि बोलाइने भएको छ ।

सभापति पवित्रा निरौलाले आजको बैठकमा पनि प्रधामन्त्रीलाई बोलाएको स्पष्ट पार्दै अन्तिम समयमा उहाँ नआएको बताउँदै फेरि बोलाइने जानकारि दिइन् ।

उनले भनिन् ‘मैले प्रधानमन्त्रीजीको पिएसँग कुरा गरेर समय पनि मिलाएको थिएँ। तर अन्तिम समयमा बैठक बस्नु २ घन्टा अगाडि मात्र उहाँले नआउने खबर पठाउनु भयो’,‘उहाँलाई फेरि बोलाऔं, मलाई नआएकोमा दुःख लागेको छ।’

सभापति निरौलाले प्रधानमन्त्री समय मिलाउनकै लागि आजको बैठक १० बजे रखिएको समेत स्पष्ट पारिन्।

उनले राज्यको महत्वपूर्ण व्यक्ति भएकाले महत्वपूर्ण विषयको छलफलमा उहाँ उपस्थित भएर जवाफ दिनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077