Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डले भने - सबै पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् ।

आइतबार नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु एकताको शृंखला पार गरेर यहाँ आइपुगेको बताएका हुन् ।

ुस्वयं हाम्रो माओवादी आन्दोलनभित्र पनि विभाजनको शृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अबचाहिँ करिबकरिब कस्तो ठाउँमा आइपुगेका छौँ भने सबै पूर्वमाओवादी भन्ने जति एक ठाउँमा आउने वातावरण बनेको छ। अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ। छिट्टै त्यो टुंगोमा पुग्दैछु, उनले भने।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने प्रवृत्ति अहिले पनि सक्रिय नै रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077