Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय समितिको बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्गतको अन्तराष्ट्रिय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् ।

समितिले आइतबार १० बजे प्रधानमन्त्रीलाई छलफलमा बोलाएको थियो ।

प्रधानमन्त्री देउवासँग नेपालको परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे छलफल गर्ने कार्यक्रम थियो ।

बिहान ८ बजेमात्र प्रधानमन्त्री नआउने जानकारी गराएका थिए । बैठकमा गृहमन्त्री बालकृष्ण खाँण प्रधानमन्त्रीको तर्फबाट उपस्थित भएका छन् । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077