Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युएईका राजकुमारले दुर्गा प्रसाईलाई दिए सुनको लौरो उपहार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमारले सुनको लौरो उपहार दिएका छन् ।

अधिराजकुमार जुमा अल मोक्तुम सुनको लोरो उपहार दिन श्री एयरलाइन्सको जहाज नै चार्टर्ड गरेर चन्द्रगढि पुगेका थिए ।चन्द्रगढि विमानस्थलमा स्वागत गर्न पुगेका प्रसाईंलाई मोक्तुमले सुनको रौलो उपहार दिएका थिए ।

यति ठूलो परिमाणको सुनको लौरो ल्याउन नेपालको अध्यागमन कानुनले नमिल्ने भए पनि मोक्तुमलाई त्यो सुविधा दिइएको छ । उनी प्रसाईंको निमन्त्रणा नेपाल आएका हुन् ।

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका हुन् ।

झापा विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै संचालनमा आइसकेको छ ।अस्तपाल मेडिकल व्यवसायी दुर्गा प्रसाईँले संचालनमा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077