Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडी बढाउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने जनाएका हुन् ।

देउवाले कैलालीको नदि कटान समस्या समाधान देखी डुवान समस्या समाधान सम्मका आश्वासन दिएका छन् । प्रधानमन्त्री शेर बहादूर देउवाले शनिबार धनगढी उप महानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरे ।

उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गेटा मेडिकल कलेज प्रतिस्ठान बनाउने प्रतिबद्धता गरेका छन् । गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्ने देउवाको प्रतिबद्धता छ ।

डडेल्धुरामा मेडिकल कलेज बनाउँछु भन्दा पहिला गेटामा सञ्चालन हुनुपर्छ भन्ने यहाँका जनताले माग उठाएकोमा खुशी लागेको देउवाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077