Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले भने - डडेल्धुरामा यसै वर्षदेखि चिकित्सा शिक्षाको अध्यापन हुन्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा यही वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भएको बताएका छन ।

सुदूरपश्चिम विश्व विद्यालयको दीक्षान्त समारोहमा बोल्दै कुलपति समेत रहेका देउवाले उक्त कुरा बताएका हुन ।

प्रधानमन्त्री देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरु योजना निर्माण कार्य अघि बढाइने बताउदै विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्न आवश्यक बजेट समेत विनियोजन भइसकेको बताए ।

विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको बताउँदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077