Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अध्यक्ष प्रचण्ड भन्छन् - एसपीपी केपी ओलीको पालामा नेपाल भित्रिएको प्रमाणित भइसक्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा नेपाल भित्रिएको दाबी गरेका छन् ।

भरतपुर महानगरपालिकाले शुक्रबार गरेको ‘समृद्ध भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले एसपीपी नेपाल भित्र्याउने ओली भएकाले उनको राष्ट्रवादी ढोँगको पछि नलाग्न आग्रह गरे ।

‘सन् २०१९ मा इण्डो प्यासेफिक स्ट्राटिजीको बारेमा भ्रामक चिज पनि केपी ओलीजीकै पालामा भएको हो, एसपिपी भन्नेलाई पनि छिराएको केपीले नै हो,’ उनले भने, ‘अब यो प्रमाणित भइसक्यो। उनकै पालामा चिठी गएको प्रमाणित भइसक्यो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077