Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषय अहिलेसम्म सुनिश्चित भएको छैन : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अहिलेसम्म निश्चित नभएको बताएका छन् ।

प्रधिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराइनुपर्ने प्रश्न उठेपछि

प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले अहिलेसम्म प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित नभएको बताए ।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषय अहिलेसम्म सुनिश्चित भएको छैन,’ उनले भने, ‘विभिन्न देशको निमन्त्रणामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र

सरकारका पदाधिकारीहरू भ्रमणमा जाने कुरा स्वभाविक नै हो । उहाँको भ्रमण सुनिश्चित भएपछि संसद्लाई त्यसबारे जानकारी हुने नै छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077