Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको तर्फबाट बोल्दै गृहमन्त्रीले भने-एसपीपीबारे कुनै निर्णय गर्ने सोच राखेको पनि छैन

काठमाडौं । नेपाल सरकारले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल आवद्ध हुने कुनै पनि निर्णय नगरेको गृहमन्त्री बालकृष्ण खाँणले स्पष्ट पारेका छन्।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै खाँण ले सरकारले यसबारे कुनै निर्णय गर्ने सोच पनि नराखेको बताए।

यसको बारेमा धेरै कुराहरु उठेको भन्दै उनले अमेरिकाको एसपीपीमा नेपाल आवद्ध नभएको दोहोर्‍याए।

मन्त्री खाणले भने, ‘यससम्बधि कुनै निर्णय गरेको छैन र कुनै निर्णय गर्ने सोच राखेको पनि छैन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077