Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीको सट्टा गृहमन्त्रीले संसद्‍मा जवाफ दिँदै

काठमाडौँ । कार्यव्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‍मा अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षामन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा राष्ट्रिय योजना आयोगका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री देउवाको सट्टा गृहमन्त्री बालकृष्ण खाँणले दिइरहेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद्लाई प्रधानमन्त्री देउवा कार्यव्यस्तताले उपस्थित हुन नसक्ने पत्र आएको जानकारी गराएका थिए ।

सभामुखले भने विगतको अभ्यास र प्रधानमन्त्री कार्यालयको पत्रलाई उल्लेख गर्दै गृहमन्त्री खाँणलाई जवाफ दिन समय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077