Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले गर्यो प्रतिनिधिसभाको बैठक बहिष्कार

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रि जनार्दन शर्माले जवाफ दिन लागेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम बहिष्कार गर्ने तर अन्य प्रक्रियामा भने सहभागी हुने बताएका हुन् ।

अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आशा गरेको तर त्यो नआएको उनको भनाइ थियो । त्यसदिनको सीसीटीभी फुटेज खोजी गर्न सभामुखलाई आग्रह गर्दा पनि छानबिन समिति गठन नभएको उनको भनाइ थियो ।

उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय मर्यादा कायम गर्न नसकेको आरोप लगाए ।

राजश्वका दर निर्धारण गर्ने क्रममा अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लगाउँदै एमालेले अर्थमन्त्रीलाई स्वीकार नगर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077