Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको अवरोधका बीच अर्थमन्त्री शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन सभामुखले दिए समय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिएका छन् ।

बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको छ ।

बिहीबार पनि एमाले सांसद भानुभक्त ढकालले छानविन नभएसम्म अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने बताएका थिए ।

लगतै एमाले सांसदहरुले उठेर अवरोध गरिरहेकै बेला सभामुखले अर्थमन्त्रीलाई जवाफ दिन समय दिएका छन् । एमाले सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर टेबुल ठटाउँदै विरोध जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077