Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थापाथली इञ्जिनियरिङ कलेजमा अध्यनरत जैसवाल मृत फेला

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्डमा एक जनाको शव फेला परेको छ । थापाथली इञ्जिनियरिङ कलेजमा अध्यनरत २२ वर्षीय अभिशेष जैसवालको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार गत आइतबार रातिदेखि हराएका ललितपुर सानेपा घर भएका जैसवाल मृत फेला परेका हुन् ।

उनको शव भेटिएलगत्तै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर, टेकु, प्रहरी वृत्त कालिमाटी लगायतको टोली घटनास्थलमा पुगेको थियो । अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरलाई पनि घटनास्थलमा लगिएको थियो ।

प्रारम्भिक जाँचबुझमा उनी आफैं छतमा चढेर फाल हानेको जस्तो देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077