Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संयुक्त राष्ट्र संघले भन्यो - युक्रेनमा तत्काल रुसी युद्ध अपराध पुष्टि गर्न असम्भव

एजेन्सी । संयुक्त राष्ट्रसंघीय युक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ ।

आयोगका अध्यक्ष एरिक मोसेले किभमा आयोजित पत्रकार सम्मेलनमा भने, 'बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायत पूर्वाधारमा आक्रमण भएको जानकारी प्राप्त भएको छ ।'

उनले भने, 'खारकिभ र सुमी क्षेत्रका ठूला सहरी केन्द्रहरूको विनाशको अवलोकन गरेको छ । अध्ययनले हवाई आक्रमण, आम नागरिकविरुद्धका आक्रमण वा क्षेप्यास्त्र हमला भएका भन्ने बलिया आधारहरू भेटाएको छ ।'

तर, मोसेले मार्चमा किभ नजिकै घटेका घटनाहरूको पूर्ण कानूनी आधार प्रदान गर्ने स्थितिमा संयुक्त राष्ट्रसंघ अहिले नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077