Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बजेट पारितपछि एकीकृत समाजवादीका मन्त्री फिर्ता हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाबाट बजेट पारित हुने बित्तिकै पार्टीका मन्त्रीहरु फिर्ता बोलाउने भिएको छ । स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले बजेट अनुमोदन भएपछि मन्त्रीहरु परिवर्तन हुने जानकारी गराएका हुन् ।

पार्टीको कार्यालयमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीबाट अहिले भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । तर, यो पार्टीबाट नयाँ मन्त्रीहरुले कहिले सपथ लिने भन्ने टुंगिएको छैन ।

यसअघि हाल मन्त्री रहेका विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

उनीहरुको ठाउँमा हाल राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई स्वास्थ्यमन्त्री, श्रममन्त्रीमा शेरबहादुर कुँवर, सहरी विकासमन्त्रीमा मेटमणि चौधरीलाई पठाउने निर्णय गरेको थियो । त्यसैगरी हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय भएको थियो । तर अहिलेसम्म मन्त्रीहरु फेरिन सकेका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077