Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नेपालको हितमा आघात पुग्ने सम्झौतामा हस्ताक्षर गर्ने काम मबाट हुँदैन : प्रधानमन्त्री देउवा

    नेपालको हितमा आघात पुग्ने सम्झौतामा हस्ताक्षर गर्ने काम मबाट हुँदैन : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई आघात पुग्ने वा रणनीतिक महत्त्वका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पारेका छन् ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रस्ट पारेका हुन् ।



    भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।



    भेटपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीको बैठकमा भेटबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले नेपाललाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पारेको सुनाएका थिए । ‘आज बालुवाटारमा प्रचण्डजी, म र उपेन्द्र यादवबीचमा प्रधानमन्त्रीजीले स्पष्ट कुरा गर्नुभएको छ । उहाँको क्लियर कुरा छ, नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्त्वको सम्झौतामा हस्ताक्षर हुने काम मबाट हुँदैनस अरु कसैले भनेर, दबाब दिएर हुनेवाला छैन । म यो विषयमा प्रस्ट छु भन्नुभएको छ,’ पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले भनेका छन् ।

    प्रधानमन्त्रीको अमेरिका भ्रमणको क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुन लागेको भन्ने प्रचार भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार