Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कानुन मन्त्रीलाई सांसद सुवालको प्रश्न - 'देश विक्री भन्नुको अर्थ कसैले उठाएर लैजाने होइन'

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले एमसीसीमा कुनै राष्ट्रघात नरहेको जिकिर गरेका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसद प्रेम सुवालले सोधेको प्रश्नमा जवाफ दिने क्रममा उनले एमसीसीमा कुनै राष्ट्रघात नरहेको जिकिर गरेका हुन् ।

उनले एसपीपी कार्यक्रममा अमेरिकाबाट कुनै प्रस्ताव नआएको पनि जिकिर गरे। ‘एसपीपी कार्यक्रमका लागि प्रस्ताव अमेरिकाले राखेको नै छैन । सरकारलाई बदनाम गराउने खेल मात्रै हो । वनको बाघले होइन मनको बाघले नखाओस्’, उनले स्पष्टीकरण दिए ।

सुवालले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा तयारीमा शर्माको नाम जोडियो र मन्त्रीमा नियुक्ति भएको उल्लेख गर्दै एमसीसीमा देश घात यथावत रहेको जिकिर गरेका थिए ।

‘एसपीपीमा अमेरिकी सेनाले ब्यारेक कब्जा गर्ने र बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने तथा गाडीसँगै हवाई जहाज पनि ल्याउने उल्लेख छ’, सुवालको भनाइ थियो, ‘देश विक्री भन्नुको अर्थ कसैले उठाएर लैजाने होइन । सरकारमा गएका पार्टी र मन्त्रीहरुलाई हातमा लिएर शासन गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077