Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी पास भएपछि अमेरिकी सेना आउँछन् भन्ने हल्ला पुष्टि हुँदैछः खनाल

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सेनाले नेपाली सेना समक्ष प्रस्ताव गरेको विवादित र आपत्तिजनक सम्झौता स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को प्रस्तावित सम्झौताबारे स्थायी कमिटिको बैठकमा छलफल हुनुपर्ने बताएका छन् ।

म‌गलबार बसेको बैठकमा एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने, नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको सम्मानित नेता खनालले बताए ।

उनले यो प्रस्तावलाई सम्पूर्ण जनताले, सबै राजनीतिक पार्टी र जन संगठनहरुले पनि गम्भीरतापूर्वक लिनु पर्ने र यस्ता प्रस्तावलाई सरकारले ठाडै अस्वीकार गर्नुपर्ने बताए ।

नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्च गर्नेछन् भन्ने हल्ला थियो तर अहिले प्रकट रुपमा आएको यो प्रस्तावले त्यहि कुरालाई पुष्टि गर्न थालेको खनालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077