Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन आगामी मंसिर महिनाको पहिलो सातासम्म गर्ने गरी आयोगले आन्तरिक तयारी थालेको बताएका हुन् ।

उनले आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको पनि बताए ।

प्रवक्ता पौडेलले आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचन मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पारे ।

उनले निर्वाचन आयोग, नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्ने बताए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077