Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरी उपरीक्षकको ‘पदावधि’ घटाउन अर्थ मन्त्रालय सहमत

काठमाडौं । सशस्त्र प्रहरी उपरीक्षकको ‘पदावधि’ घटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली संशोधन गरेर पदावधि घटाउन अर्थ मन्त्रालयसँग सहमति मागेको थियो ।

सहमतिका लागी अर्थ मन्त्रालयमा पेस गरिएको प्रस्ताव अनुसार सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को पदावधि ४ वर्षको सट्टा ३ वर्ष बनाउन भनिएको छ । गृह मन्त्रालयको सो प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्माले जेठ २७ मा सहमति दिएका छन्

सशस्त्रमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पुरा भएको हुनुपर्छ । सशस्त्र प्रहरीको नियमावलीमा भएको सो व्यवस्थालाई संशोधन गरेर अन्य पदमा बाहेक एसएसपीमा बढुवा हुनका लागी मात्र ३ वर्षे सेवा अवधि बनाउने प्रस्ताव गरिएको छ ।

सशस्त्रका तत्कालीन आईजीपी शैलेन्द्र खनालले आफू निकटलाई फाइदा पुग्ने गरी ३ वर्षे सेवा अवधि बनाउन प्रस्ताव गरेको भनेर संगठनभित्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077